सुनचाँदी रत्न तथा आभुषण महासंघको कार्ययोजना गोष्ठी सम्पन्न

काभ्रेपलाञ्चोक | जेठ ७, २०८१

सुनचाँदी रत्न तथा आभुषण महासंघको कार्ययोजना गोष्ठी सम्पन्न

काभ्रे: नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले पञ्चवर्षिय परिलक्ष्य सहित एक दिने कार्ययोजना गोष्ठी सम्पन्न गरेको छ । 


महासंघले आर्थिक सामाजिक समृद्धिको आधार, स्वदेशी रत्न आभुषणको विस्तार” भन्ने मूल नाराका साथ गत शनिबार धुलिखेलमा कार्ययोजना गोष्ठी सम्पन्न गरेको हो । 


महासंघका अध्यक्ष किसान सुनारको अध्यक्षतामा बसेको गोष्ठीमा महासंघका कार्यसमितिहरु, आवद्ध सदस्य संघका अध्यक्ष तथा प्रतिनिधि, विषयगत समितिका संयोजक र सदस्य गरी जम्मा ६० जनाको सहभागिता रहेको थियो ।  


गोष्ठीलाई सम्बोधन गर्दैै महासंघका अध्यक्ष सुनारले आगामी दिनहरुमा महासंघको कार्यविधि बनाउन, निर्देशिका बनाउन उपयोगी सिद्ध हुनुका साथै तोकिएको समयमा निर्धारित काम गर्न सो गोष्ठीले मद्दत पुग्ने बताउनुभयो । 


व्यावसायिक एकतालाई थप सुदृढ बनाउन र मौलिक शीप कलाको सम्वद्र्धन, व्यवसायको प्रवद्र्धन, स्वदेशी रत्न, पत्थरको प्रवद्र्धन, आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धन लगायत विषयलाई प्रथामिकतामा राखेर गोष्ठीमा वृहत छलफल भएको थियो । 


राजश्व तथा रोजगारी अभिवृद्धि साथै व्यवसाय मैत्री वातावरणको सिर्जना लगायतको मूलभूत उद्देश्य साथ अघि बढिरहेको यस महासंघले पहिले देखि उठाउँदै आएका तर निकास पाउन नसकेको नीतिगत कार्यहरु, आपूर्तिका विषय पनि प्राथमिकताका साथ गोष्ठीमा छलफल भएको थियो । 


महासंघको पञ्चवर्षिय परिलक्ष्य अन्तर्गतको पहिलो वर्षमा सम्वद्ध संस्था, नियमकारी निकाय गोलमेच बैैठक बसेर नीतिगत कार्यहरु सम्पन्न गर्ने कार्यलाई प्राथमिकतामा राखिएको छ ।

 

त्यस्तै, प्राथमिकतामा परेका अन्य विषय महासंघको आन्तरिक सुन वितरण सिफारिस समय सापेक्षताको अनुसार वितरण गर्ने, उपत्यका वाहिरका जिल्लाको सुन बितरण अधिकारलाई संघकै सिफारिसमा गर्ने व्यवस्था गर्ने लगायत छन् । मौलिक गरगहना मेड इन नेपाल प्रवद्र्धनका लागि स्वदेशी अभियान संचालन गर्ने विषयले पनि महासंघको पञ्चवर्षिय परिलक्ष्य अन्तर्गत पहिलो वर्षमा प्राथमिकता पाएको छ । 


महासंघको पञ्चवर्षिय परिलक्ष्य अन्तर्गतको दोस्रो वर्षमा महासंघमा आवद्ध नभएका प्रत्येक जिल्लामा पहुँच बिस्तार गर्ने, संगठन बिस्तार सातै प्रदेशमा गर्ने, संघका शाखा महासंघमा आवद्धता गर्ने, आभुषण क्षेत्र सँग सम्वन्धीत ऐन कानुन, निर्देशिका, नियामवली जारी गराउने लगायतका विषय प्राथमिकतामा परेको छ । साथै, प्राकृतिक प्रकोप कोषको स्थापना गर्ने विषय समेत महासंघले दोस्रो वर्षको परिलक्ष्यमा प्राथमिकताका साथ समावेश गरेको छ । 


कार्यक्रममा महासंघका सल्लाहकार एवम् कार्ययोजनाका सहजकर्ता बद्रीप्रसाद कोइराला, महासंघका सल्लाहकार तथा जेम्स एण्ड ज्वेलरी काउन्सिलका सदस्य रामप्रसाद लकान्द्रीको पनि सहभागिता थियो ।

 

महासंघका प्रथम उपाध्यक्ष, व्यवसायिक सहायता केन्द्र र व्यापार मेलाका संयोजक द्वारिका शंकर, महासंघका उपाध्यक्ष, सुन आपूर्ती तथा बिक्रि वितरण व्यवस्थापन समितिका संयोजक सुधिर अग्रवाल, घरजग्गा व्यवस्थापन समिति महासंघका सचिव केशब विश्वकर्मा, गुणस्तर परिक्षण विभाग तथा प्रतिवेदन सिफारिस समितिका संयोजक तथा महासंघका कोषाध्यक्ष गणेश प्रसाद विश्वकर्मा,  सुचना तथा प्रविधि समितिका संयोजक तथा बागमती प्रदेशका अध्यक्ष हेम राईलगायतले आ–आफ्नो प्रस्तुति राख्नुभएको थियो । कार्यक्रममा सबै विषयगत समितिहरुले दिएका सुझावहरुबारे छलफल गरिएको थियो ।  

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्

पोखरा ।   उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ ।   पोखराको महेन्द्रपुलमा आज एक विशेष का...

थप पढ्नुहोस्

पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ ।   फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...

थप पढ्नुहोस्